अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः शुक्रबार प्रि–क्वाटरका खेल हुने

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः शुक्रबार प्रि–क्वाटरका खेल हुने

news2

पोखरा । लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार सात खेल सम्पन्न भएका छन् ।

पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा आयोजक नेपाल मुस्लीम युवा समिति (एनएमवाइसी) (ए), रामघाट (ह्वाइट), माछापुच्छ्रे त्रिशक्ति, स्लामिक कल्याण्कारी ( ह्वाइट), पोखरा जब्स्, ए–७ र आयोजक नेपाल मुस्लिम युवा समिती एनएमवाइसी एफसी (बी) प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

एनएमवाइसी (ए)ले न्युरोड एफसीलाइ ४–० को फराकीलो अन्तरले पराजित गदैँ खेल जितेको हो । यस्तै नमुना एफसीलाई ०–१ गोल गदैँ रामघाटले कठिन जित निकाल्दा माछापुच्छ्रेले रंगशाला गु्रपलाई २–० को सहज जित निकाल्यो ।

यस्तै अर्को खेलमा स्लामिक कल्याणकारीले गन्नी एफसी (निलो) लाई ३–२ को अन्तरले पराजित गर्यो । एनइपी पोखरा टिम मैदानमा उपस्थित नहुँदा पोखरा जब्स् स्वतः प्रि–क्वाटरमा प्रवेश गर्यो । ए–७ टिमले एनके फुटबल क्लवलाई २–० को अन्तरले पाराजित गर्दा एनएमवाइसी एफसी (बी)ले मसिना बगर एफसीलाई पन्छाउँदै ३–० को सहज जित निकाल्यो ।

बिहीबार दोस्रो राउण्डमा खेल सकिए सँगै प्रि–क्वाटर खेल्ने १६ टिमको टुंगो लागेको आयोजक समितिका शम्सुल हकले जानकारी दिए । शुक्रबार प्रि–क्वाटरका खेल हुने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ