रविले दिएको पुनरावेदनको सुनुवाई आज, राईको आदेशविरुद्धको सुनुवाइ राईकै इजलासमा

सहकारी ठगी प्रकरण

रविले दिएको पुनरावेदनको सुनुवाई आज, राईको आदेशविरुद्धको सुनुवाइ राईकै इजलासमा

Screenshot 2025-01-28 132353

पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको आफूसँग ६५ लाख रूपैयाँ धरौटी मागेको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा दिएको पुनरावेदनको सुनुवाई आज हुँदैछ । रविले हिजो पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले दिएको आदेशविरुद्धको सुनुवाई उच्च अदालतका न्यायाधीश मिलन कुमार राईको इजलासमा हुँदैछ । रविले पुनरावेदनमा जिल्ला अदालतको धरौटी माग्ने आदेश बदर गर्दै साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउनुपर्ने माग राखेका छन् ।

कास्कीबाहेक रविसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटी मागेका छन् । रविले काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि उच्च अदालत जाने तयारी गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds