पोखरा । देशका केही स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाका अनुसार केही दिनयता कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको भएको छ। मधेशको सप्तरी तथा कोशीका तराई भू-भाग झापा, मोरङ र सुनसरीमा केही दिनयता मन्द शीतलहर चलेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ।
आज राति कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
प्रधानमन्त्री ओली विरूद्ध ठूलो घेराबन्दी भइरहेको छः पाण्डे
संसदमा एक भएर अघि बढ्ने सत्ता साझेदार दलहरुकाे निष्कर्ष
कांग्रेसबाट पूरा साथ पाएको छु, एमालेले पनि पूरा साथ दिन्छ: प्रधानमन्त्री ओली
रुघाखोकी लाग्दा आईसीयूका तस्वीर देखाइयो, त्यो आश पूरा हुँदैन : प्रधानमन्त्री
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली
डढेलो निभाउन जाँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
पुम्दीकोट जाने बाटो अब एकतर्फी
टाइगर कपका लागि हेल्प नेपालले अनुबन्ध गर्यो एक अमेरिकीसहित ३ विदेशी खेलाडी
डेभिज फल्स पोखरा महानगरले नै चलाउने