नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको बताएका छन्।
शनिवार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमाले र नेपाली काँग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताए।
उनले अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको बताए। उनले बाह्य शक्ति, अन्तरविरोध र दलाल पुँजीवादी, सामन्तवादी प्रवृत्ति अन्त्य गर्न जरुरी रहेको बताए।
उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमाले मिले भने त नढल्ला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ। त्यसले गर्दा बहुमत नै भए पनि सरकार ढल्न कुनै आइतवार लाग्दैन। किनभने बाह्य शक्ति अहिले हाबी छ। बाह्य शक्तिहरूसँगको हाम्रो अन्तरविरोध र दलाल पुँजीवादी, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो।’
महासचिव मैनालीले कम्युनिष्टहरू बसेर आफूले गरेका कमी, कमजोरीबारे छलफल गर्न जरुरी रहेको बताए।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला