क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक

प्रविधि

क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक

शक्तिशाली ग्राफिक्स कार्ड भएकाले कृत्रिम बुद्धिमत्ता (AI) को क्षमता

0faa3adb-0907-4e4c-9bf7-0e295a5769be

पोखरामा जारी क्यान इन्फोटेक २०२५ मा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक गरिएको छ।

यो ग्राफिक्स कार्ड नेपालमा पहिलो पटक सार्वजनिक गरिएको ऐतिहासिक अवसर बनेको छ। उक्त ग्राफिक्स कार्ड क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकरण कार्कीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

RTX 5080 ग्राफिक्स कार्ड, जसलाई CES 2025 मा जनवरी ७ तारिखका दिन लस भेगासमा पहिलो पटक सार्वजनिक गरिएको थियो । पोखरामा सार्वजनिक भएपछि यसले प्रविधिको क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गरेको क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले बताए ।

MSI RTX 5080 एक शक्तिशाली ग्राफिक्स कार्ड हो जसमा कृत्रिम बुद्धिमत्ता (AI) को क्षमता रहेको छ। यसले १६ जीबी VRAM सहित २५६-बिट बस इन्टरफेस प्रयोग गर्दछ। यसमा GDDR7 मेमोरी प्रयोग गरिएको छ, जसले ३० Gbps को गति प्रदान गर्नेछ र ९६० GB/s को कुल ब्यान्डविथ क्षमतासहित विश्वकै सबैभन्दा छिटो मेमोरी भएको ग्राफिक्स कार्डका रूपमा स्थान बनाएको छ।

ग्राफिक्स कार्डको वितरण र बिक्रीका लागि पोखरामा MSI को आधिकारिक डिलर कोस्मिक कम्प्युटर्स रहेको छ, जसले पोखरा क्षेत्रमा १२ वर्षदेखि MSI को सेवा दिँदै आएको छ। नेपालभर MSI का उत्पादन आयात गर्ने ओसन कम्प्युटर दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील छ।

क्यान इन्फोटेक २०२५ मा यो ग्राफिक्स कार्डको सार्वजनिकसँगै प्रविधिप्रेमीहरूका लागि पोखरा थप विशेष गन्तव्य बनेको छ। नयाँ प्रविधिहरूको अनुभव गर्न चाहने जोकोहीले यस मेलामा सहभागी हुन आग्रह गरिएको छ।

थप जानकारीका लागि क्यान इन्फोटेकको प्रदर्शनीमा अवलोकन गर्न सकिनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds