तराईमा हुस्सु, गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना

तराईमा हुस्सु, गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना

manang himpat (1)

पोखरा । देशका केही स्थानमा आज बुधबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

अहिल तराई र उपत्यकाका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति गण्डकीमा एक, दुई ठाउँमा हिमापात हुने सम्भावना रहेको छ । बाँकी मधेश, कोशी, लुम्बिनी र बागमती प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds