पोखरा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।
हिजो दिउँसो झापाको शिवसताक्षी दोमुखा पर्यटकीयस्थलमा भएको नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधाराको निवास फर्कंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा आक्रमण भएको हो । आक्रमणबाटउनको निधारमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ ।
आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो । तर सुरक्षाको कारण देखाउँदै उनीहरूको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
१४ महिनापछि राजीनामा दिन्छु अनि शेरबहादुरजी प्रधानमन्त्रीः ओली [भिडियो]
‘मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्, क्याबिनेट बस्दा अब मोबाइल बाहिरै’: प्रवक्ता गुरूङ
सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न ७ दिने अल्टिमेटम, दर्ता नभए प्रतिबन्ध लगाउने
सत्ता समीकरण फेरबदल नहुने देउवाको प्रष्टीकरण [भिडियो]
सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध