गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई विदेश पलायन हुने कुराभन्दा आफ्नो देश बनाउने कुरामा ध्यान दिनुपर्ने बताएका छन्।
बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका उनले यस्तो बताएका हुन्।
यसका लागि सरकारले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उनले उल्लेख गरे। उनले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताएका छन्।
उनले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताए। उनले प्रविधिबाट सतर्क हुनुपर्ने अवस्था रहेको पनि बताए।
उनले भने, ‘अब हामी उठ्न नसक्ने कुनै कारण छैन। अब हामीले प्राविधिक शिक्षामा जोड दिनेछौँ‚ आइटीमा जोड दिनेछौँ। अब हाम्रा लागि च्याट जिपिटी र एआई नयाँ कुरा होइन। हामी त्यसको प्रयोग गरेर बाँकी दुनियाँ जस्तै अघि बढ्न सक्छौँ।’
ओलीले मुलुकको व्यवस्थामात्रै नभएर अवस्था पनि परिवर्तन भएको दाबी गरेका छन्। उनले भने,‘यो के अवस्था परिवर्तन होइन?’
उनले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानामा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे।
ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धि भएको बताए।
उनले विश्वको यो भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरू हुनुअगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए।
‘हामी उठन् नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने,‘चीनले त्यत्रो जनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो। हामीले पनि हाम्रो देश आफैँ बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ।’
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान् र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए ।
प्रतिष्ठानबाट एमडी र एमएसमा उतीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन्। कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविन्दकुमार साह (अर्थोपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्राध्यापक माग्नुस वेस्ग्रेनले दीक्षान्त समारोहमा सम्बोधन गरेका थिए।
प्रतिष्ठानका उपकुलपति प्राडा.डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभागन सञ्चालनको तयारी भएको जानकारी दिए।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी