मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते

मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते

थप उपचारका लागि पोखरा

mustang aag

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ ।

आगलागी परेर मुस्ताङका प्रमुख जिल्ला अधिकारीका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।घाइते तिवारीको दुबै हात र अनुहार जलेको छ । उनलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ ।

आगलागीको कारण विद्युत सट वा ग्यास लिक भएर हुनसक्ने उनको भनाई छ । घटनाअघि आगलागी भएको थाहा पाएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए ।

मुस्ताङ प्रशासनको पुरानो भवनमा विहान १ः ३० भएको आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान ३ः१५मा पूर्ण नियन्त्रणमा लिइएको थियो ।

 उक्त प्रशासनको भवनको माथिल्लो तलाको एक कोठामा सहायक सिडियोको क्वाटर र अर्कोमा सिडियोका पिएसओ बस्ने गर्थे ।

आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds