राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कम्तिमा दुई दिन हिरासतमा बस्नुपर्ने भएको छ। काठमाडौं जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउने आदेश दिएको हो।
सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछाने थप प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आइतबार लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए।
न्यायाधीशले आज पनि आइतबारकै आदेशलाई निरन्तरता दिएपछि लामिछाने थप दुई दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए।
हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध