पोखरा रंगशालामा आगामी माघ २२ देखि फागुन ३ गतेसम्म हुने २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्नेमध्ये दैनिक भाग्यमानी दुई जनाले सुविधासम्पन्न चरक हस्पिटलमा स्वास्थ्य जाँच गर्ने मौका पाउने भएका छन् ।
मोफसलकै गर्वलायक प्रतियोगितालाई चरकले सहप्रायोजन गर्दै लक्की ड्र गरी दैनिक दुई जनालाई होल बडी चेकअप गर्ने भएको हो । सहप्रायोजन वापत चरकले डेढलाख रुपैंया प्रतियोगिता सम्पन्नार्थ क्लबलाई प्रदान गर्ने सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए ।
हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । गत वर्षदेखि नै चरकले सहप्रायोजन गरेको हो ।
पोखरा ८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पताल हो । विभिन्न मेला महोत्सवमा पनि चरक यसरी नै सहकार्य गर्दै अघि बढेको छ । जिल्ला जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमा पनि प्राविधिक सहयोग गरिरहेको छ ।
नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा ! रारा गोल्डकप हो । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने सन्देशमूलक उद्देश्यका साथ पोखरा रंगशालामा साढे दुई दशकदेखि बर्सेनि आयोजित यो प्रतियोगिता पोखराको पहिचानसमेत हो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यअनुरुप फुटबलमार्फत सहारा कलब सामाजिक सेवा निरन्तर क्रियाशील छ । क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ ।
हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु छन् । फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।

सम्बन्धित समाचारः
आहा रारा पोखरा गोल्डकप हेर्दा दैनिक दुई जनालाई चरकमा ‘होलबडी चेकअप’
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की