स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको नि:शुल्क स्वास्थ्य हेल्थ डेस्कबाट ५४ जना लाभान्वित भएका छन् ।
अर्जुनचौपारी गाउँपालिका -१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सब तथा स्वर्ण महोत्सवको समारोहमा पालिकाले हेल्थ डेस्क सञ्चालन गरेको थियो । बुधबार संचालित उक्त हेल्थ डेस्कबाट समारोहमा उपस्थित ५४ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्येका धेरैमा प्रेसर र रुघाखोकीको समस्या देखिएको थियो भने केहीले सामान्य चेकजाँच गरेका थिए ।
यस गाउँपालिकाले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ पालिकाभित्र हुने हरेक सभा गोष्ठी कार्यक्रमहरुमा हेल्थ डेस्क राखेर सेवा प्रवाह गर्दै आएको छ ।
‘नागरिकलाई टेवा, टोल टोलमा स्वस्थ्य सेवा’ भन्ने कुरालाई आत्मसात गर्दै गाउँपालिकाले यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अर्जुनचौपारी गाँउपालिकाका उपाध्यक्ष सपना गुरुङले बताइन् ।
सम्बन्धित खबर
७ औं स्याङ्जा महोत्सवको सचिवालय उद्घाटन
भीरकोटको क्रसरमा लगाइएको शिलबन्दी खुलाइयो
गण्डकी प्रदेश र कोइकाबीच सम्झौता, मुख्यमन्त्रीद्वारा फेदीखोलामा प्रतिष्ठान भवनको शिलान्यास
पत्रकार महासंघ स्याङ्जाको पदभार ग्रहण तथा पदस्थापन
विपन्न परिवारलाई छिमेकी प्रतिष्ठानको न्यानो माया
स्वास्थ्य हेल्थ डेस्कबाट ५४ जना लाभान्वित
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु