नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।
कुकुरलाई निर्दयतापूर्वक मारेको भन्दै दुई जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।
सुस्ता गाउँपालिका ५ बेलवानीका ३३ वर्षीय राजकुमार सारू मगर र २८ वर्षीय अमनकुमार चिडी मगर छन्।
उनीहरूले गत शनिबार अपराह्न साढे ४ बजे नारायणी नदी किनारमा कुकुर मारेका थिए।
कुकुरलाई निर्मम र निर्दयतापूर्वक मारेको भिडिओ खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए।
सामाजिक सञ्जालमा भिडिओ आएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो। कुकुर मार्ने व्यक्ति राजकुमार रहेको र अमनकुमारले भिडिओ बनाएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उलंघन गरेको आरोप छ।
पशुपंक्षीमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
त्यस्तै सार्वजनिक स्थलमा पशुपंक्षी मारेमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भनिएको छ।
यस कसुरअनुसार अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। इलाका प्रहरी कार्यालय बेलाटारीबाट घटनाको अनुसन्धान अघि बढाएको छ
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला