अमेरिकाका ३९ औँ राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ। उनको आइतबार १०० वर्षको उमेरमा निधन भएको द कार्टर सेन्टरले जानकारी दिएको छ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति बनेका जिमी कार्टरले एक उथलपुथलपूर्ण कार्यकालपछि भने हार व्यहाेरेका थिए। ह्वाइट हाउसपछिको जीवनलाई विश्वव्यापी फाइदाका लागि उनले प्रयोग गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन्।
सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपति कार्टरले अडियोबुक वा बोलेको शब्द रेकर्डिङका लागि तीन ग्रामी अवार्ड पनि जितेका थिए। जर्जियाको सानो शहर प्लेन्सस्थित उनको घरमा उनको आइतबार निधन भएको हो। उनकी पत्नी रोजलिनको पनि यही घरमा नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो। कार्टर सेन्टरका अनुसार उनीहरूको जीवनको अधिकांश समय यही घरमा बितेको छ।
‘हाम्रा संस्थापक तथा पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको आज अपराह्न जर्जियाको प्लेन्समा निधन भएको छ,’ सेन्टरले सामाजिक सञ्जाल एक्समा उनको निधनबारे पोस्ट गरेको छ। आफ्नो परिवारले घेरेर शान्तिपूर्वक उनको मृत्यु भएको पनि कार्टर सेन्टरले लेखेको छ।
आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए।
कार्टरको निधनप्रति विश्वभरबाट प्रतिक्रिया आइरहेका बेला राष्ट्रपति जो बाइडेनले पनि कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन्।
पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए।
सम्बन्धित खबर
अब चन्द्रमामा पनि उत्खनन्को काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
अमेरिकामा भीडमाथि ट्रक कुदेपछि १५ जनाको मृत्यु
भारतको होटलमा आमा र ४ छोरी मृत फेला, छोरा पक्राउ
इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु
अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन
दक्षिण कोरियामा विमान दुर्घटना अपडेट : १७९ जनाको मृत्यु, दुई जनाको उद्धार [भिडियो]
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो