स्याङ्जाको भीरकोट नगरपालिका -६ निवासी नारायण प्रसाद कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर आफूले अध्यापन गराउने विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
कोइरालाले आफ्नो ३७ औं जन्मदिनको अवसर पारेर भीरकोट नगरपालिका -८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा आफ्ना स्वर्गीय हजुरबुबा एकनारायण कोइराला र स्वर्गीय हजुरआमा विन्द्राकुमारी कोइरालाको स्मृतिमा ‘एकनारायण विन्द्रा अक्षयकोष’ स्थापना गरेका हुन् ।
पब्लिक एकेडेमी माविका अध्यापक कोइरालाले विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउने उद्देश्यका साथ ५५ हजार पाँच सय ५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष स्थापना गर्दै अध्यापक कोइरालाले उक्त कोषबाट प्राप्त हुने ब्याजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कक्षा -१० (एस.ई.ई) परिक्षामा ३.२ भन्दा बढी जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्तिको सुविधा उपलब्ध गराउने बताए ।
आफ्नो जन्मदिनलाई तडकभडकका रुपमा फजुल खर्च गरेर मनाउनुभन्दा आफूले नै अध्यापन गराउने विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको अध्यापक कोइरालाले बताए ।
अध्यापक कोइरालाले अक्षयकोषको रकमको चेक विद्यालयकी प्रधानाध्यापक देवकी रेग्मीलाई हस्तान्तरण गरेका छन् । उनले यसअघि पनि भीरकोटमा आफूले अध्ययन गरेको भाग्योदय मावि र अध्यापन गराएको बालोदय आवासीय माविमा समेत अक्षयकोष स्थापना गरिसकेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की