स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविले हात पारेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित फेदीखोला गाउँपालिका -२ स्थित फेदीखोला रंगशाला खेलमैदानमा गएको बिहिवारदेखि भएको प्रतियोगितामा १४ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित कुल ६० अङ्क हात पार्दै सिद्धार्थ माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि विजेता बनेको हो ।
त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य पदक गरि कुल ४० अङ्कसहित दामगाडे मावि दोस्रो र ३ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित कालाभैरव मावि तेस्रो बनेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ बनेका थिए । त्यस्तै, मार्चपास अन्तर्गत चण्डीडाँडा माध्यमिक विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको भलिबल, कबड्डी, रिले दौड, विभिन्न दुरिमा दौड, हाइजम्प, लङ्गजम्प, ज्याभलिन थ्रो, सटफुट, कराते लगायतका खेल भएका थिए ।
प्रतियोगितामा विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, जिससका सदस्यहरुलगायतबाट ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेश र कोइकाबीच सम्झौता, मुख्यमन्त्रीद्वारा फेदीखोलामा प्रतिष्ठान भवनको शिलान्यास
पत्रकार महासंघ स्याङ्जाको पदभार ग्रहण तथा पदस्थापन
पोखरामा लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
म्याग्दीको खबरा गाउँभरि केरा खेती, बजारको अभाव
बागलुङ नगरपालिकाभित्रका सडक धमाधम स्तरोन्नति
प्रकृति–मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो