पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेतका प्रतिवादीहरुको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएकामा उनको ३ दिनपछि बल्ल पालो आएको हो । बिहीबार उनको बयान नसकिएपछि शुक्रबार पुनः जारी रहने अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए ।
उक्त मुद्दामा न्यायाधीश नीतिज राईसमक्ष हाल हिरासतमा रहेका प्रतिवादीहरुको बयान भइरहेको छ । लामिछानेले न्यायाधीशसमक्ष भने इन्कारी बयान दिएको बताइएको छ । कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा समेत उनले आफूलाई राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गर्दै आएका छन् । नि. स्रेस्तेदार लामिछानेका अनुसार शुक्रबारसम्म लामिछानेको बयान सकिने बताए । लामिछानेपछि अर्का प्रतिवादीहरु रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइनेछ । हालसम्म गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंको मात्र बयान सकिएको छ ।
प्रतिवादीहरुको बयानपछि हुने थुनछेक बहसमा वादी–प्रतिवादीका वकिलहरुले बहस गर्ने छन् । तत्पश्चात् न्यायाधीश राईले नै प्रतिवादीहरुलाई थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश दिने छन् ।
कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा गत वर्षदेखि नै विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो ।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ ।

सम्बन्धित खबर
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
रेडक्रस कास्कीमा १ मतान्तरले उर्मिला खड्का विजयी
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता