काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका कम्युनिस्ट नेता माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
माओको जन्म दिवसका अवसरमा बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले माओबाट प्रेरणा लिँदै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेकोमा जोड दिएका हुन् ।
‘हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कमरेड माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाएको भन्दै प्रशंसा गरेका छन् ।
‘कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ,’ उनले भनेका छन् ।
माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात सन् १८९३ डिसेम्बर २६ मा भएको थियो ।
प्रचण्डले माओकै पदलाई पछ्याउँदै नेपालमा १० वर्षसम्म जनयुद्ध गरेका थिए । उनी नेतृत्वको तत्कालीन नेकपा (माओवादी) विसं २०६३ मा शान्ति प्रक्रियामा आएको थियो ।
सम्बन्धित खबर
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
भीम रावल आफै निस्कनुभएको हो, निकालेका होइनौं: शंकर पोखरेल
झलनाथले विज्ञप्ति जारी गर्दै भने- भारतले कञ्चनपुरमा अहिले फेरि १ हजार बिघा नेपाली भूमि अतिक्रमण गरिसक्यो
माओबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ: प्रचण्ड
पार्टीबाट निश्कासनमा परेपछि रावल र निलम्बनमा परेपछि विन्दा र उषाकिरणले के भने ?
एमालेले भीम रावललाई पार्टीबाट हटायो
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार
फेवातालमा कार खस्दा तीन घाइते