श्वासप्रश्वासमा समस्या आएपछि एक दिनमै मरे ३० भन्दा बढी याक र चौंरी

श्वासप्रश्वासमा समस्या आएपछि एक दिनमै मरे ३० भन्दा बढी याक र चौंरी

yak chauri

File Photo: icimod

श्वासप्रश्वासमा समस्या आएपछि मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् ।

गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मृत्यु हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ‘नाकबाट रगत निस्कने, श्लेष्माजन्य स्राव, जसमा खाना कण पनि मिसिएको पाइएको छ । केही केसहरूमा रगतसहितको श्लेष्माजन्य दिसा देखिएको छ,’ मन्त्रालयले भनेको छ । उक्त क्षेत्रमा करिब ५ सय याक र चौंरीहरु रहेको अनुमान गरिएको छ ।

मन्त्रालयका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढा नेतृत्वको एउटा टोली प्रभावित क्षेत्रमा जाँदै छ । तर, हिमपातका कारण टोली हालसम्म उक्त क्षेत्रमा पुग्न सकेको छैन । टोली दुई दिनअघि मुगु सदरमुकाम गमगढीबाट परिचालन गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क


This will close in 4 seconds