सत्तारुढ दल नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट हटाउने निर्णय गरेकाे छ। बुधबार बसेकाे सचिवालय बैठकले नेता रावललाई संगठित सदस्य समेतबाट हटाउने साथै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हाे।
रावललाई एमालेले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी तोकिएको थियो। तर, रावलले त्यो जिम्मेवारी स्वीकार गरेका थिएनन्। त्यसैले साधारण सदस्यता नै खोस्ने निर्णय गरेको हाे।
रावल एमालेका पूर्वउपाध्यक्ष पनि हुन्। उनले पछिल्लो चितवन महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिँदै अध्यक्षमा उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीले सर्वसम्मत बन्ने ओलीको चाहनामा धक्का पुगेको थियो।
यसैगरी बैठकले केन्द्रीय कमिटीको बैठक पुसमा हुने भएको छ।
बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुने बताइएको छ। सोही बैठकमा पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ।
मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेपछि केन्द्रीय समिति बैठकमा त्यसको समीक्षा हुने भएको हो। एमालेले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।
सम्बन्धित खबर
कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट
काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो
मनिष झा भन्छन् – ‘सरकार ढल्नु हुँदैन, नढलोस्, गठबन्धन अझै लामो जाओस्’
‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन