काठमाडौं । वैकल्पिक शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले दल नै विकल्पको भरमा चल्ने अवस्थामा पुगेको छ ।
स्थापनाको छोटो अवधिमा उदाएको रास्वपा छोटो अवधिभित्रै भताभुङ्गको स्थितिमा पुगेको छ । सञ्चारकर्मबाट उदाएका रवि लामिछानेले २०७९ असार ७ गते रास्वपा घोषणा गरेका थिए । सोही वर्ष मंसिरमा भएको निर्वाचनमा २० सिट जितेर राष्ट्रिय दलको मान्यता पाएको रास्वपा अनेकन विवाद र काण्डमा फसेर खिइँदै आएको छ ।
रास्वपा अहिले कार्यवाहकको भरमा चलिरहेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोल प्रसाद अर्यालले पाएका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि नै कास्की प्रहरीको हिरासतमा छन् ।
त्यस्तै, रास्वपाको महामन्त्री र प्रवक्तासमेत कार्यवाहको भरमा छ । संस्थापक महामन्त्री एवं प्रवक्ता डा.मुकल ढकाललाई पार्टीले कारबाही गरेको थियो । अहिले कार्यवाहक महामन्त्रीको भूमिकामा कविन्द्र बुर्लाकोटी छन्, उनी सह–महामन्त्री हुन् ।
सह–प्रवक्ता मनिष झाले कार्यवाहक प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् ।
लामिछाने २ महिनाभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेपनि उनले कसैलाई कार्यवाहक दिएका थिएनन् । सर्वत्र आलोचना सुरु भएसँगै उनले डिपी अर्याललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उत्साह र उर्जाका साथ उदाएको रास्वपा आन्तरिक कलह र विभिन्न काण्डका कारण छोटो अवधिमै विकल्पहरुको हातमा पुगेको छ ।
सम्बन्धित खबर
नयाँ वर्ष २०८२ सुरूः शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै
आजको मौसम पूर्वानुमान
२०८१ मा नेपालमा आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
राजसंस्थाबारे प्रष्टै बोले पूर्वराजा ज्ञानेन्द्र [पूर्णपाठ पढ्नुहोस्]
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता