गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।
सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो। उक्त बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
सरकारी वकिल कार्यालय, कास्कीले रवि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ। जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन्। आजबाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ।
सम्बन्धित खबर
रास्वपाका मुख्य पदाधिकारी सबै कार्यवाहक
रवि लामिछाने सांसदबाट निलम्बित
डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी
सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै
भ्रष्टाचारले सीमा नाघेपछि हामी ठूला दुई दल मिल्यौँ : प्रधानमन्त्री ओली
भ्रष्टहरूको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु