पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस प्रक्रिया सुरू भएको छ ।
कास्की जिल्ला अदालतका अनुसार न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्नेछन्। बयानपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
बयानका लागि रविसहित पाँचै जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको हो । १/२ दिन बयानमै जान्छ । त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।
प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।
देशकै कान्छा न्यायाधीशले गर्नेछन् रविको मुद्दामा सुनुवाइ
न्यायाधीश राई देशभरको सबै न्यायालयमा कार्यरतमध्ये कान्छा न्यायाधीश हुन् । अहिले ३५ वर्षका मात्रै उनी २०४७ भदौमा जन्मिएका थिए ।
देशभर २८२ जिल्ला न्यायधीश कार्यरत रहेकोमा उनी २४५ औं वरियताक्रममा छन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् ।
त्यतिबेला ४२ जना न्यायाधीशका लागि परीक्षा भएकोमा १२ जनामात्रै पास भएका थिए, त्यसमध्येका एक राई पनि थिए ।
कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका थिए । उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।
रविसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ, अनि राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने भन्ने आदेश गर्नेछ ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ