स्याङ्जाको पुतलीबजार नगरपालिका -३ स्थित सूर्योदय महिला क्लब बाढखोलाले तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट वृद्धाआश्रमलाई सहयोग
गरेको छ ।
क्लबले गल्याङ नगरपालिका -१ स्थित शिव पार्वती वृद्धाआश्रम रामनदी धाम राम्दीमा आश्रीत २२ जना जेष्ठ नागरिकहरुका लागि विद्युतीय हिटर तथा एक दिनको भोजन सहयोग गरेको हो ।
उक्त सामाग्रीहरु वृद्धाआश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठलाई हस्तान्तरण गर्दै क्लबका अध्यक्ष तारा पौडेल श्रेष्ठले वृद्धाआश्रमले जेष्ठ नागरिकको सेवामा महत्त्वपूर्ण योगदान गरेकोमा आभार व्यक्त गरिन् । उनले आफूहरुले पनि तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट सहयोग गरेको बताइन् ।
अध्यक्ष श्रेष्ठले गरिब तथा असहायको सहयोगमा आफूहरु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने बताइन् ।
सूर्योदय महिला क्लब बाढखोलाले करिब २३ हजार रुपियाँ बराबरको विद्युतीय हिटरका साथै आश्रममा संचालित एक दिन एक दाता कार्यक्रमका लागि सात हजार रुपियाँ गरि तीस हजार बराबरको सहयोग गरिएको क्लबका कोषाध्यक्ष राममाया अधिकारीले जानकारी दिइन् ।
प्राप्त सहयोग रकम आश्रममा रहेका जेष्ठ नागरिकहरुको भोजनमा खर्च गरिने वृद्धाआश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ