नेपालमा दोस्रोपटक मंकीपक्स संक्रमण पुष्टि भएको छ। साउदी अरबबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा एम्पक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
“परीक्षण पोजिटिभ भए पनि बिरामीको स्थितिमा केही जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको जानकारी गराउँछौँ,” मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ।
मन्त्रालयका अनुसार, ती पुरुष खटिराको समस्या लिएर काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पतालमा बिहीबार उपचारका लागि गएका थिए। बिहीबार नै ग्रान्डीले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पठाएको थियो। बिहीबार नै उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि नमुना संकलन गरिएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट शुक्रबार एम्पक्स पुष्टि भएको हो।
“यसका सन्दर्भमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको छ। यससँगै नेपालमा यो एम्पक्स पुष्टि भएको दोस्रोपटक हो,” मन्त्रालयले भनेको छ।
यसअघि, नेपालमा गत असार १ गते पहिलोपटक ६० वर्षीया नेदरल्यान्डकी नागरिकमा मंकिपक्स (एम्पक्स) संक्रमण पुष्टि भएको थियो।
कसरी सर्छ एम्पक्स ?
एम्पक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्छ। यो घाउ खटिरा (बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै: थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ।
मन्त्रालयका अनुसार, यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ। आँखामा संक्रमण भएर दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की