गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका -१ भलुवाडाँडामा आगोलागि हुँदा लाखौंको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
बिहिबार साँझ बिद्युत सर्ट भई स्थानीय ८१ वर्षीय बेल नारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घर र एक तले कच्ची गोठमा आगोलागि भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए । गोठबाट आगो सुरू भएको श्रेष्ठले बताए ।
आगोलागि हुँदा दुई तले कच्ची घर र एक तले कच्ची गोठ जली पूर्ण रुपमा नष्ट भएको, घरमा रहेको अन्दाजी एक लाख तिस हजार रुपियाँ नगद, अन्दाजी सात तोला सुन, भाँडा बर्तन , लत्ता कपडा गरी अन्दाजी पन्ध्र लाख क्षति भएको निरीक्षक श्रेष्ठले बताए ।
आगो निभाउने क्रममा स्थानीय ५० वर्षीय कोट बहादुर मगरको टाउकोमा चोट लागेर घाइते भएका थिए । घाइते मगर उपचार पश्चात् डिस्चार्ज भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
अनलाइन सञ्चारमाध्यममा अराजकता बढेकाले नियमनका लागि कानुन: सञ्चारमन्त्री गुरुङ
टीकाराम बाँस्तोला स्मृति सम्मान शिक्षासेवी तथा समाजसेवीलाई
भूपी काव्य पुरस्कार असफल गौतमलाई
तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र
सामाजिक अध्ययन बिषयको परिमार्जित पाठ्यक्रममा कार्यशाला
देउसी भैलोको रकमबाट वृद्धाआश्रमलाई सहयोग
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु