पोखरामा धारिलो हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गत मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी उनले लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् ।
उनीहरुले गत मंसिर २३ गते अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई उनकी श्रीमतीले लगाएको १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गम्भिर आरोप लगाउँदै प्रधानमन्त्रीको मृत्युको कामना गर्दैछन् रास्वपा कार्यकर्ता पदम राज
रवि लामिछाने लगायत आरोपितहरूको बयान प्रक्रिया सुरु
रविको फोटो सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा ल्याइयो
लामिछानेलाई कास्की अदालत लगियो, बयान न्यायाधीश राईको इजलासमा हुने
रवि लामिछानेसहितका प्रतिवादीका आजदेखि अदालतमा बयान सुरु
सहकारी प्रकरणः रवि लगायतको मुद्दामा आजदेखि थुनछेक बहस
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु