जीप दुर्घटनामा घाइते भएकालाई सिम्रिक एयरमार्फत् मणिपाल ल्याइयो

जीप दुर्घटनामा घाइते भएकालाई सिम्रिक एयरमार्फत् मणिपाल ल्याइयो

ghandruk acc inj

तस्वीरः अमृत गुरूङ

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा जिप दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको जिप घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा पाँच जना घाइते भएका थिए ।

घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक  शोभा पाण्डेय जानकारी दिइन्।

तस्वीरः अमृत गुरूङ

जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको शर्माले जानकारी दिए । घाइते मध्ये चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारः

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ