पोखरा । पेट्रोल छर्किएर घाइते बनाइएका कास्कीको मादी गाउँपालिका वडा नं. ५ का दुर्गाबहादुर गुरुङको उपचार गर्दागर्दै निधन भएको छ।
उनको काठमाण्डौको कीर्तिपुर बर्न अस्पतालमा सोमबार मृत्यु भएको हो। शरीरका ७५ प्रतिशत भाग जलेका ४८ वर्षीय गुरुङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गुरुङलाई बिहिबार राती करीब ११ बजेको समयमा शौचालय जाँदै गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१२ स्थायी घर भई हाल जिल्ला पोखरा काँहुखोला बस्ने वर्ष ३१ को उमेश राईले पेट्रोल छर्किएर घाइते बनाई भागेका थिए।
गम्भीर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरेर उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइएको थियो।
भागेका राईलाई मादी गाँउपालिका वडा नं. ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा शिशुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। अभियुक्त राईबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचारः
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
सम्बन्धित खबर
उपसभामुखहरूको भूमिका स्पष्ट नभएकोमा सातै प्रदेशका सभामुखहरू एकमत
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
एमाले पोखरा ९ वडा कमिटीको अध्यक्षमा सरस्वती श्रेष्ठ
भूपू विद्यार्थी मञ्चद्वारा मानव सेवा आश्रममा भोजन दान
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
गुरूङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुशरण गर्नुपर्छ: मन्त्री थापा
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु