चितवन राष्ट्रिय निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही

चितवन राष्ट्रिय निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही

Chitwan-National-Park

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गएको कात्तिक १३ देखि अहिलेसम्म विभिन्न कसूरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन निकुञ्जले अभियान सञ्चालन गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसूरमा एक, अनुमतिविना बँदेल पाल्ने दुई, अनुमतिविना निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३, परेवा मार्ने एक र अनुमतिविना निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जना पक्राउ परेका हुन् ।

निकुञ्जभित्र प्रवेश गर्ने तथा नियम विपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ