अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने

अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने

nagarik app

नागरिक एपबाट पनि राष्ट्रिय परिचयपत्र हेर्ने व्यवस्था मिलाउनका लागि सरकारले स्वीकृति दिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत आएको प्रस्तावलाई गृह मन्त्रालयले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा पेश गरेपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले स्वीकृति प्रदान गरे पनि अहिलेसम्म उक्त निर्णय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विभागमा आइनसकेको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त निर्णय आइसकेपछि विभागले राष्ट्रिय परिचयपत्रलाई नागरिक एपमा देखाउने व्यवस्था गर्नका लागि प्राविधिक पाटोको काम अघि बढाउने छ ।

आफ्नो व्यवस्थापनको पाटो पुरा गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको सूचना प्रविधि विभागले राष्ट्रिय परिचयपत्रलाई पनि नागरिक एपमा देखिने व्यवस्था मिलाउने बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds