गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
चितवन । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि भोलि पुस १ र पर्सि २ गते सेवा बन्द गर्न लागिएको जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको र मर्मतपछि पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताए । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।
सम्बन्धित खबर
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
मनकामना केबलकार भोलि र पर्सि बन्द हुने
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु