पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

accident-road_traffic

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुनसरी धरान उपमहानगरपालिका– २० घर भई हाल पोखरा महानगरपालिका– ११ फूलबारी बस्ने ३१ वर्षीय प्रदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गएराति पोखरा महानगरपालिका– ८ नागढुङ्गामा ग१ख ३७५४ नम्बरको बसले र बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका राईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds