पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ।
उनलाई बाराको सिमराबाट काठमाडौँ हुँदै हवाई मार्गमार्फत पोखरा ल्याइएको हो।
पर्सा प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलाको रोहवरमा लामिछानेसँग बयान लिएको थियो।
वीरगन्जको सानो पाइला सहकारी ठगी अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट विमानमा काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो।
लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।
आइतबार जिल्ला अदालत, कास्कीले ४ दिन म्याद थप गरेकाले यस अवधिमा उनीहरूको बयान सक्ने पर्सा प्रहरीको तयारी छ। त्यसपछि उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ।
लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो। उनलाई त्यसै दिन कास्की ल्याइएको थियो।
यसबीचमा उनलाई बुटवल, काठमाडौँ र चितवनका सरकारी वकिलसमक्ष उपस्थित गराएर पनि प्रहरीले बयान लिइसकेको छ।
सम्बन्धित खबर
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कास्कीकाे कोरीडाँडा
प्रतिभा माविमा गणित हाजिरीजवाफ प्रतियोगिता
सफल प्रिमियम गाईको घ्यू बजारमा उपलब्ध
आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट
सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस निरन्तर
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई