हालै नेपालको अग्रणी कन्फेक्शनरी कम्पनी सुजल फुड्स प्रा. लिले आफ्नो पुरानो विरासत बोकेको क्यान्डी रिमझिम बललाई पुन: बजारमा ल्याएको छ ।
८० र ९० को दशकमा निकै रुचाइएको क्यान्डीको पुन: आगमनको चर्चाले छिट्टै नै पोखरा र यस आसपासका युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको मन जित्दैछ। पहिलो पटक सन् १९७६ मा लन्च गरिएको यो आइकोनिक मिठ्ठो पिरो क्यान्डी ले पुस्तौं पुस्तालाई यादगार सम्झनाहरू दिनुका साथै सार्वजनिक पछीको चर्चा हेर्दा आज पनि नयाँ उपभोक्ताहरूलाई आकर्षित गरेको देख्न सकिन्छ।
लामो समय बन्द भएर फेरी पनि बजारमा आएको रिमझिम बलले उपभोक्ताको बदलिँदो रुचि र नयाँ उत्पादनहरूको बाढीका बीचमा आफ्ना उपभोक्ताहरूको मनमा कसरी विशेष स्थान कायम राख्न सफल होला त ? आखिर त्यस्तो के छ रिमझिम बलमा, जुन आजको आधुनिक बजारमा पनि सान्दर्भिक र मनपर्ने क्यान्डीको रूपमा स्थापित हुन सक्छ । यसका कारण के के होलान त ? केहि चर्चा गरौं ।
पहिलो त, रिमझिम बल आफ्नो पुरानो उपभोक्ताहरूको गहिरो भावनात्मक सम्बन्ध सँग जोडिएको छ । धेरैको लागि यो क्यान्डी बाल्यकालको एउटा महत्त्वपूर्ण हिस्सा बनेको थियो, जुन जन्मदिनमा उत्सब मनाउन वा स्कुलमा अथवा स्कुल पछी खाइने रमाइलो खाजाको रुपमा हुने गर्थ्यो। यसले पुराना उपभोक्ताहरूलाई भावनात्मक रूपमा जोडेर राखेको छ, जुन पुस्तान्तरण हुँदै जाँदा पनि झन बलियो हुने देखिन्छ । यस क्यान्डीको शुभचिन्तकनै यस ब्राण्डको प्रमुख प्रचारक भएको देखिन्छ र माउथ पब्लिसिटी पनि यसले राम्रो पाइरहेको छ ।
अहिले उपभोक्ताहरूमा पुरानो यादहरुको खोजी गर्ने प्रवृत्ति बढ्दै गएको छ, रिमझिम बलले यस भावनालाई छोएर पुराना र नयाँ उपभोक्ताहरूलाई जोड्ने सेतुको काम गरेको छ । रिमझिम बलको एक प्रमुख विशेषता यसको अनौठो पिरो र मिठो स्वाद संयोजन हो।
आजको बजारमा, जहाँ नौलो स्वादहरूको माग बढ्दो छ, रिमझिम बल एक फरक र विशिष्ट विकल्पको रूपमा देखा परेको छ। विशेष गरी किशोर र युवाहरूले नयाँ स्वादको अनुभव खोजिरहेका बेला, रिमझिम बलको अद्वितीय स्वादले उनीहरूको नवीनताको चाहनालाई पूरा गर्छ।
रिमझिम बलसँग रहेको विरासत यसको गुणस्तर र लोकप्रियताको प्रतीक हो। यसले पुनः बजारमा स्थापित हुँदै गर्दा यसको लामो समयदेखि कायम रहेको ब्रान्ड प्रतिष्ठाले उपभोक्ताहरूलाई आकर्षित गर्ने महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
यसरि पुरानो यादहरु लाई समात्दै, विशेष स्वादको अनुभव दिँदै, र ब्रान्डको विरासतलाई कायम राख्दै, रिमझिम बल आज पनि सान्दर्भिक देखिन्छ । यस पुनः लन्चको अभियानमा यस सर्वप्रिय क्यान्डीले पुराना सम्झनाहरू ताजा पार्दै नयाँ सम्झनाहरूमा मिठास थप्दै छ । चाहे तपाईं पुराना प्रशंसक हुनुहोस् वा नयाँ उपोभोक्ता, अब समय आएको छ रिमझिम बलको मिठो र पिरो स्वादलाई फेरि एकपटक अनुभव गर्ने! खाने हैन त ओरिजिनल ब्ल्याक बल ( मिठ्ठो पिरो क्यान्डी) ?
सम्बन्धित समाचारः
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी