पोखरा । मानवीय सेवा र उद्गारमा समर्पित पोखरा १६ बाटुलेचौरमा रहेको जिवन ज्योति सेवा केन्द्र द्वारा पत्रकार कृष्ण रानाभाट र आइटि बिज्ञ पितम सेन ठकुरी बिहिवार सम्मानित भएका छन् ।
केन्द्रको आयोजनामा केन्द्रिय फेलोसिप तथा लिडर उत्साहित कार्यक्रमको अबसरमा पत्रकारिता तथासामाजिक संस्थाहरुमा रहि समाजसेवामा र्पुयाउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै दरबारथोक मिडिया प्रालिका अध्यक्ष तथा दरबारथोक एडभरटाइजिङ एजेन्सीका संचालक कृष्ण रानाभाटलाई दोसल्ला तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
२०५४ साल देखि पत्रकारिता गर्दै आएका सम्मानित ब्यक्तित्व कृष्ण रानाभाट स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष र हाइकर्स क्लब नेपालका अध्यक्ष हुन भने विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध भइ सकृय छन् ।
त्यसै गरि अर्का सम्मानित ब्यक्तित्व पितम सेन ठकुरी, वेबपेज नेपाल प्रालिका कार्यकारी निर्देशक, दर्शन फाउन्डेसनका अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् ।
प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक सागर कार्कीले आफ्नो गाउँ समाजका दीनदुखीलाई सक्दो सहयोग गर्नमा कुनै कन्जुसाई नगर्न अनुरोध गर्दै दान र सहयोग जस्तो पुण्य कार्य अरू कुनै नहुने बताए।
संस्थाका अध्यक्ष सृजना रिजाल कार्कीले दानवीरहरूको दानबाट हालसम्म संस्थाले मानवीय राहतमा लत्ताकपडा, खाद्यान्न लगाएत आर्थिक सहयोग गर्दै आएको बताईन् ।
सो अबसरमा चितवन, तनहुँ, धादिङ, गोर्खा, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बाग्लुङ, लमजुङ, रुपन्देही र कैलाली जिल्लाका शाखा तथा उपशाखाका पदाधिकारी तथा सदस्यहरुले आफ्नो अनुभव व्यक्त गरेका थिए ।
सो अबसरमा पोखरा–१४ भेडिफारम निवासी क्यान्सर पिडित अनुष विकलाई उपचारार्थ ३३ हजार एक सय ५० रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरिएको थियो ।
केन्द्रकी अध्यक्ष सृजना रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय सहसचिव लक्ष्मी तामाङ र संचालन केन्द्रिय सचिव हेमा खवासले गरेका थिए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ