पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको १४ औं एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ ।
आइतबार खेलकुद महोत्सव अन्तर्गत छात्र छात्र फुटबल, छात्र छात्र बास्केटबल, क्रिकेट प्रतियोगिता जारी रहेका छन् ।
आइतबार भएको छात्र फुटबल प्रतियोगिता तर्फ गण्डकी एकेडेमी कास्कीले विरेन्द्र मेमोरियल वोर्डिङ स्कुललाई ४–१, फेवा वोर्डिङ स्कुलले कान्तिपुर एकेडेमीलाई १–०, पुष्पसदन एकेडेमीले साइनिङ स्टार वोर्डिङ स्कुललाई टाइबेकरमा ४–३, एल पि देवकोटा मेमोरियल स्कुलले मर्निङ ग्लोरी एकेडेमीलाई टाइबेकरमा ५–४ ले पराजित गर्यो ।
यता त्रिवेणी पब्लिक स्कुलले ओम एकेडेमीलाई ५–१, कास्की मोडनइज्ड एकेडेमी ज्ञानज्योति विद्याकुञ्ज माविलाई २–०, नेशनल क्रियशन एकेडेमीले इमानुयल स्कुललाई ३–० र युनिभर्स इंगलिस वोर्डिङ स्कुलले सिद्धिविनायक वोर्डिङ स्कुललाई ४–२ ले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए ।
आइतबार भएको छात्रा फुटबल तर्फ लिटल फ्लावर एजुकेशन एकेडेमीले लेवन रेसीडेन्टीयल स्कुललाई २–० ले पराजित गर्दा सनराइज प्रिप्याराटोरी स्कुलले गण्डकी एकेडेमीलाई १–० ले पराजित गर्यो । वड्स एकेडेमीले चिल्ड्रेन एकेडेमीलाई टाइबेकरमा ३–१ ले पराजित गर्दा युनिभर्स इंगलिस वोर्डिङ स्कुलले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई १–० ले पराजित गर्यो ।
यस्तै हेम्जा वोर्डिङ स्कुलले नेशनल क्रियशन एकेडेमीलाई ७–० ले पराजित गर्दा सनराइज प्रिप्याराटोरी स्कुलले लिटल फ्लावर एजुकेशन एकेडेमीलाई टाइबेकरमा १–० ले पराजित गर्दा कास्की मोडनाईज्ड एकेडेमीले वड्स एकेडेमीलाई टाइबेकरमा ३–२ ले पराजित गर्यो ।
सोमबार छात्रा फुटबल तर्फ पहिलो सेमिफाइन खेल विहान कास्की मोडनाईज्ड एकेडेमी र सनराइज प्रिप्याराटोरी स्कुलबीच तथा हेम्जा वोर्डिङ स्कुल र युनिभर्स इंगलिस वोर्डिङ स्कुलबीच हुने छात्र फुटबल संयोजक हिमाल गुरुङले जानकारी दिनुभयो । छात्र फुटबलको फाइनल खेल सोमबार दिउसो २ वजे हुनेछ ।
छात्र बास्केटबल तर्फ कास्की मोडनाइज्ड एकेडेमी साइनिङ स्टार वोर्डिङ स्कुललाई ३४–१८ ले पराजित ग¥यो भने सिद्धार्थ लवडेल वोर्डिङ स्कुलले हेम्जा वोर्डिङ स्कुललाई ६–४ ले पराजित गर्यो ।
युनिभर्स बोर्डिङ स्कुलले गोर्खा इंगलिस वोर्डिङ स्कुललाई २९–१८ ले पराजित गर्दा न्यू ग्यालेक्सीले ३२–१८ ले पराजित गर्यो । यता त्रिवेणी पब्लिक स्कुले कास्की मोडनाईज्ड एकेडेमीलाई ४०–३० ले पराजित गर्दा न्यू ग्यालेक्सीले लिटल फ्लावर एजुकेशन एकेडेमीलाई ३४–२९ ले पराजित गर्यो ।
यसैगरी दश जोड दुई छात्र बास्केटबल तर्फ कास्की मोडनाईज्ड एकेडेमीले साइनिङ स्टार बोर्डिङ स्कुललाई ३९–२० ले पराजित गर्दा श्री रत्नज्योति माविले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई १८–८ ले पराजित गरेको बास्केटबल संयोजक वेदकुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार भएको क्रिकेट तर्फ चिल्ड्रेन एकेडेमीले न्यू ग्यालेक्सीलाई ६ विकेटले पराजित गर्दा लिटिर फ्लावर एजुकेशन एकेडेमीले मर्निङ ग्लोरी एकेडेमीलाई ४४ रनले पराजित ग¥यो ।कास्की मोडनाईज्ड एकेडेमीले हेम्जा वोर्डिङ स्कुललाई ५ विकेटले पराजित गर्यो ।
सोमबार कास्की मोडनाईज्ड एकेडेमी र लिटल फ्लावर एजुकेशन एकेडेमीबीच तथा चिल्ड्रेन एकेडेमी र त्रिवेणी पब्लिक स्कुलबीच सेमिफानलको खेल हुने क्रिकेट संयोजक रमेशराज पौडेलले जानकारी दिए । क्रिकेटको फाइनल खेल पनि सोमबार नै हुनेछ ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्नेछन् ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
यसैगरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ कि.मि सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
आइएसएमटी पोखरामा फुटसल सम्पन्न, टीम हसिना च्याम्पियन
गण्डकी प्रदेशस्तरीय ‘मगर सांस्कृतिक महोत्सव’ पुस १९ गते पोखरामा हुने
पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’
रवि लामिछानेसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइयो
करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद सुरू
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि