नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स अहिलेसम्मकै ठूलो जित निकालेको छ। पोखराले शुक्रबार दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो।
लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गर्यो।
विकेटको आधारमा यो जारी एनपिएलकै ठूलो जित हो। यस्तै खेलमा पोखराका ओपनिङ ब्याटरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी ब्याटिङ गरे।
गौसले नटआउट १०४ रन र दिनेशले नटआउट ६१ रन जोडे। गौसले एनपिएलकै छिटो अर्धशतक पूरा गरे । उनले २० बलमा अर्धशतक र ५४ बलमा शतक प्रहार गरे। यो एनपिएलको पहिलो शतक हो।
गौसले ५५ बलमा १२ चौका र ५ छक्का तथा दिनेशले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। एनपिएलको सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पहिलो जित निकालेको हो। लुम्बिनी भने दुवै खेलमा पराजित भएको छ।
रोहितको ९५ रनमा लुम्बिनीको १७० रन
टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो। खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे।
त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए। आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए। उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।
सन्दीप जोराले १८ रन जोडेर आउट भएका थिए। पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की