काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौँ आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौँ आउन लागेका हुन् ।
उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौँमा रहेर उनी फर्किने तालिका छ ।
भुटानका राजा काठमाडौँ आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । उनी काठमाडौँ आउने सूचना पाएपछि बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सलसमेत गरेको थियो ।
भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।
काठमाडौँबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । उनको नितान्त निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह पनि भुटान भ्रमणमा गएका थिए ।
सम्बन्धित खबर
२०८१ को एसइई परीक्षा तालिका सार्वजनिक
आज माघे सङ्क्रान्ति, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
देशभरको मौसम कस्तो रहन्छ?
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
रवि लामिछानेमाथि थुनछेक बहस सुरु
आजदेखि स्वस्थानी व्रतकथा सुरु
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
ड्युटीमा बेहोस भएर ढलेका प्रहरी सहायक हवलदारको मृत्यु