पोखराको विजोग, ६ विकेट गुमाउँदा ७ रनमा सीमित

पोखराको विजोग, ६ विकेट गुमाउँदा ७ रनमा सीमित

chitwan-v-pokhar

जारी नेपाल प्रिमियर लिगको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्स पहिलो खेलमै ध्वस्त भएको छ।

एनपीएलमा पहिलो खेलमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग निरीह बन्दा समर्थकहरू स्तब्ध बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिलो ओभरमै तीन विकेट गुमाएको पोखराले चौथो ओभरमा रिजन ढकालले एक्लैले थप तीन विकेट लिए ।

पहिलो ओभरमा सोहेल तन्वीरले तीन विकेट लिएर दबाबमा राखेका थिए।  तन्वीरले पोखराका कप्तान कुशल भूर्तेल, बास डे लीडे र दिलीप नाथलाई आउट गरेका थिए ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा ७ रन जोड्दा ६ विकेट गुमाउनुपरेको थियो ।

पोखराका ओपनर तथा कप्तान कुशल भुर्तेल र बास डि लिडे गोल्डेन डकआउट भएका थिए ।

चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाज्‌लाई पराजित गरेको छ। पोखराको भने यो पहिलो खेल हो।

तनवीरले यसअघि काठमाडौं गोर्खाज्‌विरुद्धको खेलमा उनले पाँच विकेट लिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ