काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो।
रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको कांग्रेस भने तेस्रो भएका छन् । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए । यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए ।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।
यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।
सम्बन्धित खबर
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
कांग्रेसले गुमाएन कीर्तिपुर, मेयरमा डंगोल विजयी
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी
सिरिज्नङ्गा ३ मा चार मतले हारेकी एमालेकी कुमारी यसपटक विजयी
कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
दुल्लु नगरपालिका-१३ मा ३ मतान्तरले कांग्रेसलाई हराउँदै एमाले विजयी
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा