निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किएर पुरिँदा पाँच मजदुरको मृत्यु

death body

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।

सुनछहरी–३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू सबैलाई किचेको थियो ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ