पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ अन्तर्गत छात्रा बास्केटलबल तर्फको उपाधि प्रतिभा माविले पुनः जितेको छ ।
डिफेण्डिङ च्याम्पियन प्रतिभा यो पटकसहित चौथोपटक च्याम्पियन बनेको हो ।
मंगलबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा बास्केटबल खेलको फाइनलमा ग्लोबल कलेजियटलाई ४१–२५ स्कोरले पराजित गर्दै पहिलो स्थान हात पारेको हो । प्रतिभाले क्वार्टरफाइनलमा फिस्टेल, सेमिफाइनलमा कास्की मोर्डनाइज्डलाई हराएको हो ।
यस उपाधिसँगै प्रतिभाले थप ७ अंक प्राप्त गरेको छ भने दोस्रो स्थान प्राप्त गरेको ग्लोबलले ५ अङ्क जोडेको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए ।
यस्तै, छात्रा बास्केटबलमा कास्की मोर्डनाइज्डले तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा कास्की मोर्डनाइज्डले मदर ल्याण्डलाई ३४–६ ले पराजित गरेको हो ।
यस्तै, प्लस टु छात्र बास्केटबलमा पनि प्रतिभा माविको विजयी यात्रा जारी छ । डिफेण्डिङ च्याम्पियन छात्र टीमले आज पोखरा आदर्शलाई ६१–०९ ले र हिजो हिलपोइन्टलाई ४७–१३ ले पराजित गरेको थियो ।
आजका अन्य खेलमा ग्लोबल कलेजियट, सोसल पब्लिक मावि, मनकामना मावि र कास्की मोर्डनाइज्ड जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले बताए ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सम्पन्न खेलमा केएमएले गुरुकुललाई ३५–२४ ले, पोखरा युनाइटेडले मनकामनालाई ४९–०३ ले, सोसल पब्लिकले त्रिवेणीलाई ३५–२७ ले, ग्लोबलले बालकल्याणलाई ३६–३१ ले, प्रतिभाले , न्यू ग्यालेक्सीले शान्ती निकुञ्जलाई ६३–२ ले, मेरीगोल्डले नाभलाई ३७–२४ ले, माउन्ट अन्नपूर्णले टप्सलाई ४६–२८ ले पराजित गरेका छन् ।
त्यस्तै मंगलबारबाट विश्वविद्यालय छात्रा बास्केटबल सुरु भएको छ । जस अन्तर्गत दुई खेल सम्पन्न भएका छन् । प्रतियोगितामा पोखरा इन्जिनियरिङ्ग कलेजले गेन्सलाई २२–२ ले पराजित गर्दा लेकसिटीले इन्फर्मेटिक्सलाई २५–०६ ले पराजित गरेको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
छात्र/छात्रा भलिबल
यस्तै हिसान स्पोर्टस मिट अन्तर्गत दोस्रा दिन छात्र भलिबल तर्फ ११ र छात्रातर्फ १० गरी कुल २१ खेल सम्पन्न भएको छात्र भलिबलका संयोजक नविन बराल र छात्रा भलिबलका संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।
दोस्रो दिनको जारी खेलमा छात्रतर्फ पोखरा आदर्श, मावि, यूनिभर्स मावि, पश्चिमाञ्चल, लिटिल स्टेप, ग्लोबल, स्नोभ्यू, केफ, माउन्ट अन्नपूर्ण, सिर्जना मावि र गुरुकुल माविले आ–आफ्नो खेल जितेका छन् ।
यस्तै छात्रातर्फ न्यू ग्यालेक्सी, सगरमाथा, केफ, पोखरा आदर्श, प्रतिभा, केएमए, सिर्जना र गुरुकुलले आ–आफ्नो खेलमा जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
यता टेबुल टेनिसतर्फ प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका केही क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको संयोजक नारायण आचार्यले जानकारी दिए । बुधबार विश्वद्यिालयतर्फका सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।
यस्तै व्याडमिन्टनतर्फ समेत प्लस टु छात्र–छात्रातर्फ र विश्वविद्यालय विङ्गतर्फका क्वार्टर फाइनलका खेल सम्पन्न भएको संयोजक पुरन कुंवरले जानकारी दिए । उनका अनुसार बुधबार सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुनेछन् भने भोली नै पुरस्कार वितरण समेत गरिने जानकारी दिए ।
१७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मावीतह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिमको सहभागिता रहेको थियो । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल र व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल १ सय २४ खेल हुनेछन् ।
विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ ।
१५ औं र १६ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले जितेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् ।
निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।
सम्बन्धित खबर
पोखरा १३ आर्वाविजय डाँडामा दोस्रो इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस
बास्केटबल छात्रातर्फको उपाधि प्रतिभा माविलाई, चौथोपटक विजेता
शान्ति निकेतन स्कूलमा स्पोर्ट्स मीट सुरू
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित
पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
यो पनि पढौँ
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ