रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

rabi adalat

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबारकास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएकोसूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धानगरिरहेको छ ।

यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । आइतबार पाँचौंपटक म्याद थपका लागिलामिछानेलाई अदालत उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds