रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै

सहकारी ठगी प्रकरणः

रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै

कोरम नपुगेपछि स्थगित

suryadarshan-sahakari-pidit

पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ता साधारणसभा गर्न जुटेका छन् ।

बचतकर्ताले साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्न खोजेको संघर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् । साधारण सभाले नयाँ कार्यसमिति चयन गरेर सहकारीले लगानी गरेको पैसा उठाउने उनको भनाइ छ ।

संघर्ष समितिका संयोजक श्रेष्ठको नेतृत्वमा शनिबार साधारण सभा बोलाइए पनि गणपुरक संख्या (कोरम/५१ प्रतिशत उपस्थिति) नपुगेपछि साधारण सभा स्थगित भएको छ । यद्यपि दोस्रोपटक ३१ प्रतिशत पुगेपछि साधारण सभा गरिने संघर्ष समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका र सहकारी रजिस्ट्रारको कार्यालयबाट अनुमति लिएर  साधारण सभा गर्न लागेको र गणपुरक संख्या ११ सय ३० जना चाहिनेमा करिब ८ सयजना मात्र उपस्थित भएपछि स्थगित भएको श्रेष्ठले जानकारी दिए । दोस्रो चरणमा साधारण सभा हुने श्रेष्ठको अपेक्षा छ ।

सूर्यदर्शन सहकारीका १ हजार ३६ जना बचतकर्ताले १ अर्ब ११ करोड बचत रकम फिर्ता पाउनुपर्ने दाबी गर्दै प्रहरी कार्यालयमा दिएका छन् ।

अपचलनका मुख्य आरोपित जिबी राई अझै फरार छन् । यद्यपि सहकारीमा जोडिएका अन्य केही आरोपितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यसमध्ये यही सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यति बेला कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 ‘सूर्यदर्शन सहकारीको अहिले अर्बौं रकम अपचलन भएको छ, त्यसमा केही व्यक्तिले खल्तीमा राखे । केही सहकारीले बजारमा लगानी गरेको छ । त्यसमध्ये करिब १४/१५ करोड बजारमा छ । केही धितोमा छ । केही बिनाधितोमा छ । केही हायरपर्चेजको लोन छ । त्यसलाई नयाँ कार्यसमितिले उठाउँछ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds