पोखरा । विद्यार्थीमा रहेको अन्तरनिहित प्रतीभा प्रष्फुटनको उद्देश्यका साथ पोखरा-५, मालेपाटनमा रहेको वीरेन्द्र मेमोरियल स्कुलमा शुक्रवार एक दिवसीय प्रतीभा प्रस्फुटन कार्यक्रम सम्पन्न भयो ।
चार तह र सात विधामा विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरे । कार्यक्रममा नृत्य, कवीतावाचन, गायन, वाध्यवादन, ओरीगामी, किरीगामी, नाटक, ललीतकला, तेक्वान्दो, हस्तकला लगायतका प्रत्येक विधामा विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।
कार्यक्रममा बोल्दै स्कुलका प्राचार्य सन्तोष लामिछानेले विद्यार्थीको रूचि अनुसारका कार्यक्रम सञ्चालन गर्दा जसले उनीहरुमा रहेको अन्तरनिहित क्षमतालाई उजागर गर्न सहयोगी हुने कुरा बताए ।
कार्यक्रममा स्कुलका विज्ञान शिक्षक रामचन्द्र अधिकारी, शिक्षक दिपक शर्मा लगायतले बोलेका थिए ।
उक्त कार्यक्रमको निर्णायकको रुपमा शुशिल थापा, ऋषि अधिकारी र शुष्मा शर्मा रहेका थिए ।
स्कुलका निर्देशक रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षिका मञ्जु सुवेदीले गरेकी थिइन् ।
सम्बन्धित खबर
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ