सहकारी पीडितहरूले गरेको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आयोजनामा पीडितहरू बुधबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै माइतीघर पुगेका थिए ।
उपत्यकाको सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकलगायतका स्थानबाट उनीहरू र्यालीसहित माइतीघर पुगेका थिए ।
पीडितहरू बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडपको स्थिति बनेको हो।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गर्दा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ। निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा सहकारी पीडितहरूले राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सहकारी ठगीविरुद्धका नाराहरू लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो, गुहार!’ ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर !’ जस्ता नारा लगाएका थिए।
गठ्ठाघर चोक, चाबाहिल चोक, पुल्चोक, कालीमाटी, र सोहखुट्टे चोकबाट सहकारी पीडितहरू प्रदर्शन गर्दै माइतीघरमा भेला भएका हुन्। उनीहरूले सहकारीमा डुबेको पैसा फिर्ता गराउन र महँगीविरुद्ध सरकारले चाँडो कदम चाल्नुपर्ने माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि नै सहकारी पीडितहरूको आन्दोलनप्रति समर्थन रहेको भन्दै एक विज्ञप्ति जारी गरेको थियो। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका बेला रास्वपाले उनको रिहाइको माग गर्दै आन्दोलन गरिरहेकै अवस्थामा सहकारी पीडितहरूको आन्दोलनलाई पनि साथ दिएको जनाएको छ।
सम्बन्धित खबर
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय
शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गले: प्रधानमन्त्री
सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- हिजो संँगै थियौँ, आज अलग भएपनि राजनीति हो भोलि जे पनि हुनसक्छ
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २६औँ स्मृति दिवस
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध