पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर एक मजदुरको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
पोखरा वडा नं १८ मेथ्लाङमा माटोको ढिस्कोले पुरिएर बर्दिया घर भएका २३ वर्षीय सन्तकुमार दहितको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति करिब साढे नौ बजे मेथ्लाङमा बन्दै गरेको एक रिसोर्टको सेरवालको जग खन्ने क्रममा दहित पुरिएका थिए ।
सो घटनामा गम्भीर घाइते भएका दहितको उपचारका क्रममा मृत्यु भएको हो ।
सोही घटनामा घाइते हुनेहरूमा बर्दियाकै २९ वर्षीय बाबुराम चौधरी, २६ वर्षीय राजेश चौधरी, दाङका २० वर्षीय अमृत चौधरी र २३ वर्षीय बिजय चौधरी रहेका छन् ।
सबैको नागढुंगास्थित चरक हस्पिटलमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते