देउसी भैलोबाट उठेको रकम ढाडका बिरामी परियारलाई सहयोग

सहयोग

देउसी भैलोबाट उठेको रकम ढाडका बिरामी परियारलाई सहयोग

deusibhailo sahayog

स्याङ्जामा देउसी भैलो खेलेर उठेको रकम ढाडको समस्या रहेका कृष्ण परियारलाई उपचारका लागि सहयोग गरिएको छ ।

स्याङ्जाको वालिङ् नगरपालिकामा रहेको छमछमी कला केन्द्रले तिहारमा देउसी भैलो खेलेर उठेको रकम ढाड भाँचिएर बसेका वालिङ् -८ का कृष्ण परियारलाई उपचार गर्नका लागि सहयोग गरेको हो ।

ट्याक्टर दुर्घटनामा परि ढाड भाँचिएर परियारले विगत तीन वर्षदेखि पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गर्दै आएका छन् । उनको उपचारमा केही सहयोग पुगोस् भनेर देउसी भैलोबाट उठेको पन्ध्र हजार रुपियाँ सहयोग गरेको केन्द्रकी अध्यक्ष अस्मिता रणपालले जानकारी दिइन् ।

केन्द्रले विगत चार वर्षदेखि नै देउसी भैलोबाट उठेको रकम सामाजिक कार्यमा लगाउँदै आएको रणपालले बताइन् । उनले यस अघि पनि भैलोबाट उठेको रकम पूर्व सचिव समेत रहेका भीम उपाध्यायमार्फत जाजरकोटमा भुकम्प र आगलागी पीडितलाई सहयोग पठाइएको जानकारी दिइन् ।
अस्मिताले बिरामी परियारको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds