पोखरा । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार पोखरामा पनि प्रदर्शन भयो । देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानको अग्रसरतामा जनता भेला एवं प्रदर्शन भएका छन् ।
पोखरा मानवअधिकारचोकमा भएको प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका छन् । यहाँका अभियानकर्मीको उल्लेख्य उपस्थिति रह्यो । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति रु लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्याउन स्वतस्फुर्त रुपमा यो कार्यक्रम आयोजना गरिएको हो। ‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशका विभिन्न दुई दर्जन स्थानमा जनभेला भएको छ ।
पोखरामा भएको प्रदर्शनलाई फोटो पत्रकार सञ्जय शाक्यले क्यामेरामा कैद गरेका छन् ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते